बिहीबार, वैशाख १०, २०८३

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्री आले सकुशल

मेरोन्यूज २०७८ पुष २७ गते २३:३३


कैलाली । कैलालीको गेटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो।

Advertisement
NiccNicc

मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन्।

धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आले चढेको गाडी दुर्घटनामा परेको हो। गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन्। गाडीमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया