सामाजिक मन्त्रालयद्वारा १५० जना कर्मचारी माग

काठमाडौँ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो ।
कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अस्पताल र लोकसेवा आयोगबाट पदपूर्तिका लागि स्थायी कर्मचारी सिफारिस भई आएका स्वतः नरहने शर्त राखेर विज्ञापन गरिएको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार सेवा करारका लागि १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ ।
मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, सातौँ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । उनीहरुको पारिश्रमिक तथा सेवा शर्तहरु कर्णाली प्रदेश सरकारको नियमानुसार हुने जनाइएको छ ।















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया