प्रदेश २ काे अनुसन्धान तथा प्रशिक्षण केन्द्रको निर्देशकमा अन्सारी नियुक्त

जनकपुर । प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
यो पदका लागि सर्लाहीका सतार अन्सारी, सप्तरीका रोहितकुमार यादव र रौतहटका गौरीशंकर साहलाई सिफारिस गरिएको थियो । जसमध्ये सबैभन्दा बढी अनुभवी रहेको आधारमा अन्सारीलाई नियुक्त गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
अन्सारी युएनमा काम गरिसकेका छन् ।
विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई अहिले प्रदेश अनुसन्धान तथा परिक्षण केन्द्रको रूपमा रहेको प्रदेश सरकारको मातहतमा ल्याइएको छ ।
अनुसन्धान केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने भएकाले प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारीसमेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया