प्रदेश २ काे अनुसन्धान तथा प्रशिक्षण केन्द्रको निर्देशकमा अन्सारी नियुक्त

जनकपुर । प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
यो पदका लागि सर्लाहीका सतार अन्सारी, सप्तरीका रोहितकुमार यादव र रौतहटका गौरीशंकर साहलाई सिफारिस गरिएको थियो । जसमध्ये सबैभन्दा बढी अनुभवी रहेको आधारमा अन्सारीलाई नियुक्त गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
अन्सारी युएनमा काम गरिसकेका छन् ।
विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई अहिले प्रदेश अनुसन्धान तथा परिक्षण केन्द्रको रूपमा रहेको प्रदेश सरकारको मातहतमा ल्याइएको छ ।
अनुसन्धान केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने भएकाले प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारीसमेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया