दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दै
मेरोन्यूज
२०७८ पुष २८ गते १६:०२

काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दूग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।
हाल प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य बढेर अब ८६ रुपैयाँ पुग्नेछ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीले प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको बताए ।
प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिँदा किसानलाई ७ रुपैयाँ र उद्यागीलाई ३ रुपैयाँ बढ्ने पनि बोर्डले जनाएको छ ।
यसअघि २०७५ सालमा दूधको मूल्य वृद्धि गरिएको थियो । किसानले भने दूधको मूल्य पानी बराबर भएकाले किसानहरु मारमा पर्दै आएको गुनासो गर्दै आएका छन् ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया