स्याङजामा १६ महिने बालकको घाँटी रेटी हत्या
हत्यारा मानसिक रोगी भएको आशंका

काठमाडौं । स्याङ्जा वालिङ नगरपालिका–१२, सिर्सीबोटका १६ महिने बालक साइमन गुरुङको घाटी रेटर हत्या भएको छ ।
तरकारी काट्ने चक्कुले प्रहार रेटेर बालकको हत्या गरेको प्रहरीले जनाएको छ ।
भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले मेरोन्यूजलाई जानकारी दिए ।
उनले मेरोन्यूजसँको संवादमा भने ‘अन्दाजी दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए, घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’
घटनामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेका छन् । प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया