सुनचाँदी आभुषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी रत्न तथा आभुषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
सुनचाँदी रत्न तथा आभुषण महासंघसँग सम्बन्धी सरकारी निकायका उच्च पदस्थ अधिकारीहरूसँगको छलफलमा व्यवसायीहरूले कार्यविधिका कारण काम गर्न अफ्टेरो भएको बताएपछि गृहमन्त्री खाणले परिमार्जन गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाणले मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौललाई कार्यविधि परिमार्जनमा समन्वयकारी भूमिका निभाउन पनि कार्यक्रममै निर्देशन दिए ।
कार्यविधिसँग सरोकार हुने अर्थ, उद्योग र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर कार्यविधि परिमार्जन गर्ने समन्वयकारी भूमिका मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले गर्ने गृहमन्त्रालयमा भएको कार्यक्रममा गृहमन्त्री खाणले बताए ।
मन्त्री खाणले समय र परिस्थिति अनुसार विभिन्न समयमा बनेका कानुन परिमार्जन गर्दै समयसापेक्ष बनाउनु पर्ने बताए । उनले सरकारको पहिलो दायित्व विधि अनुसार चलेको बताउँदै सुनचाँदी रत्न तथा आभुषण व्यवसायीले उठाएका माग सम्बोधन गर्न आफूले सहजीकरण गर्नेसमेत बताए ।
उनले सुनका गहना किन्नुलाई अनुत्पादक क्षेत्रमा लगानी लगाउनेका रुपमा लिने कि सम्पत्तिको जगेर्ना गरेको रुपमा लिने भन्नेमा प्रश्न उब्जिने बताए ।
‘जुन बेलामा किनेर राखे पनि सुनको मूल्य विपत्तिमा समेत घट्दैन । असहजता भएको बेलामा पनि काम लाग्छ । सुन धितो राखेर अफ्टेरो परेको बेलामा काम गर्न सकिन्छ,’ गृहमन्त्री खाँणले भने ।
सुनचाँदी व्यवसायीले उठाएका विषय कानून अनुरुप समाधानका लागि पहल गर्ने उनले बताए ।
कार्यक्रममा सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष मणिकरत्न शाक्य, मणिरत्न शाक्य, रामकुमार विश्वकर्मालगायतका व्यवसायीले आफूहरूले गहना बनायउन प्रयाप्त मात्रामा सुनचाँदी नपाएकोले आफूर्ति प्रणालीलाई नियमित बनाउनु पर्ने, सुनचाँदी व्यवसायलाई निर्यातमूलक व्यवसायको रुपमा रुपान्तरण गर्नुपर्ने, थप भन्सारको व्यवस्था गरेर भए पनि पर्याप्त मात्रामा सुन पाइने व्यवस्था गर्नुपर्ने, सुरक्षा निकायले आफूहरूलाई गहना बनाउन एक स्थानबाट अर्को स्थानमा सुन लैजाँदा समस्या पार्ने गरेको भन्दै सहज बनाउने व्यवस्था गर्न माग गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका एआइजीपी रामशरण पौडेल, आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायीहरुले आफूहरूका सम्बन्धमा उठाएका प्रश्नको उत्तर दिएका थिए ।
उनीहरूले आफूहरुले कानुन अनुरुप हुने काममा व्यवसायीहरूलाई सहजीकरण गर्न आफूहरू तयार रहेको बताएका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया