आइतबार, पुष ६, २०८२

आजको मौसम : कहाँ कस्तो हुने ?

मेरोन्यूज २०७८ पुष २९ गते ६:५२

काठमाडौँ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ।

देशका अधिकांश भागमा सामान्य बदली रहँदा प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै, देशभर आंशिक बदली रहने छ ।

महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको भन्दै चिसोबाट बच्न र आवश्यक सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया