शनिबार, पुष ५, २०८२

एमाले कञ्चनपुरमा अध्यक्ष विष्ट प्यानल निर्वाचित

मेरोन्यूज २०७८ पुष २९ गते ६:५८

काठमाडौँ । नेकपा एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् । बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १८३ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गरेका छन् । सचिवमा अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित भएका छन् ।

त्यसैगरी उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित भएका छन् । उपसचिव पदका अर्का प्रत्यासी शेरबहादुर चन्दले १९७ मत प्राप्त गरेका छन् ।

जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तःनिर्वाचन भएको थियो । निर्वाचनमा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया