आइतबार, पुष ६, २०८२

आज कुन विदेशी मुद्राको भाउ कति ?

मेरोन्यूज २०७८ पुष २९ गते ९:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक भएको विनिमयदरमा आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा कायम भएको छ । कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया