देउवा सरकारको ६ महिना
सरकार सञ्चालनमा किन सुस्त छन् प्रधानमन्त्री देउवा ?

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६ महिना देशका लागि खेर गएको वताएका थिए । २०७४ को निर्वाचनमा बामगठबन्धनवाट सरकारको नेतृत्व गरेपछि ६ महिना अगाडी मात्रै सत्तावाट वाहिरिनु परेका एमाले अध्यक्ष ओलीले देउवा सरकार प्रति किन यति तिखो टिप्पणी गरे भन्ने मानिसलाइ लागेकै थियो ।
सत्ता टिकाउनका लागि सम्वैधानिक असम्वैधानिक जे पनि गर्ने र सत्ता टिकाउने रणनीति बनाएका ओलीलाइृ एक्काशी सर्वाेच्च अदालतको परमादेशले सत्तावाट हटनु परेको थियो । त्यसैको पीडा ओलीले ब्यक्त गरेको अनुमान आम मान्छेहरुले लगाएका थिए र छन अझै पनि ।
तर ओलीले आरोप लगाए विपरित के कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको रथ ‘गुटुङटुङ’ हाँकेका छन् त ?
राजनीतिलाई मिहिन रुपमा नियालेका जानकारहरु भन्छन्,–‘देउवा झन काम गर्ने सक्ने प्रधानमन्त्री नै होइनन, उनले ६ महिनाको वीचमा ३ महिना सरकार विस्तारमै लगाए, वाँकी ३ महिना पार्टीमा फेरि आफै सभापति दोहोरिन समय खर्चे ।’
समयमै मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोदेखि सरकारका कामकारबाही गतिशील बनाउन नसकेकोसम्मका आरोप यो वीचमा प्रधानमन्त्री देउवाले खेपेका छन् । हुन पनि देउवाले यो ६ महिनाको वीचमा देखाउन र सम्झन लायक कुनै एउटा गतिलो काम गर्न सकेका छैनन ।
३ महिना कुनै पनि सरकारको हनिमुन पीरियड हुने भएकोले आलोचना सकभर नगर्ने भनी टिकाटिप्पणी गर्ने गरेको पाइदैन । त्यसपछि भने सरकारको कामको वारेमा टिप्पणी शुरु हुन्छ । अहिले देउवा सरकारको ६ महिनाको पनि टिप्पणी शुरु हुन थालेको छ ।
द्येउवा २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । यो वीचमा केन्द्र देखि प्रदेश तहका सरकारवाट समेत हात धुनु परेको एमालेले संसदमा निरन्तर अवरोध जारी राखेको छ । न्यायलयका प्रधानन्यायाधीसमाथी सर्वाेच्चकै न्यायाधीस देखि कानुनब्यवसायीको छाता संगठन बार एसोसिएसन सम्मले ‘भष्टचारी’ को आरोप लगाउँदै न्यायलयमा आन्दोलन चर्काएको छ ।

अन्तराष्टिय सम्वन्धका रुपमा दुई छिमेकी मुलुकसँगको सम्वन्ध कामचलाउको रुपमा मात्र देखा परेको छ । कतिपय राष्ट्रिय मुद्धामा राजनीतिक दलहरुका वीचमा सहमति जुटाउनुपर्ने दायित्व पनि प्रधानमन्त्रीको काँधमा छ । तर प्रधानमन्त्रीले न सार्थक् रुपमा विपक्षी दलका नेतासँगको सम्वाद गरेर संसदको जारी गतिरोध फुकाउन सकेका छन् । न भारतले लामो समयदेखि कब्जा गरिरहेको नेपाली भूमि लिम्पियाधुरासम्मको भूभाग फिर्ताका विषयमा भारतसँग कुनै कुटनीतिक पहल लिन सकेका छन् । वरु झन कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्रीले मनसरोवरसम्म जानका लागि वाटो निर्माणको काम गरिरहेको भनी गरेको विवादास्पद टिप्पणीकै विषयमा कुटनीतिक नोट पठाएर असहमति जनाउन सकेको छ ।
यो वीचमा प्रधानमन्त्री आफु जस्तै सुस्त शैलीमो सरकारको वागडोर सम्हालेको आरोप देउवाले खेपिरहेका छन् । सत्ता गठवनधन दल माओवादी र एकीकृत समाजवादीले वाध्यतामा प्रधानमन्त्रीमा देउवालाई बोक्न परेपनि उनको काम गर्ने शैलीसाग गठवन्धन दलकै नेताहरु पनि सन्तुष्ट हुन सकेका छैनन ।
माओवादी केन्द्रका एक नेताले मेरोन्यूजसँग भने,–‘रक्षाकवज गरेरै प्रधानमन्त्रीलाई बोक्यौं, उनको काम गराईको तौरतरिका सुस्त छ, प्रथामिकता के हो भन्ने नै छैन । नबोकौं, वाध्यता छ । नबोकी नहुने अवस्था छ ।’
‘पटक–पटक अवसर पाउँदा सम्म अनुभवहिन प्रधानमन्त्री जस्तो उनको कुनै रोडम्याप नै देखिएको छैन । दैनान्दिनका काम वाहेक प्रधानमन्त्री देउवाले ६ महिनाको वीचमा यो काम गर्व गर्न लायक ढंगले गरे भनेर कांग्रेसीजनले नै ठम्याउन सकेका छैनन ।
न उनले संसद्मा एमालेले गरिरहेको अवरोध फुकाएर कानुन निर्माण प्रक्रियालाई सहज गराउन सकेका छन्, न अझै पनि उधोगमन्त्री नै नियुक्त गर्न सकेका छन् । त्यसो त उनले अझै पनि ६ महिनाको वीचमा समेत आफ्नै सचिवालय समेत पनि बनाउन सकेका छैनन ।

साउन २४ मा संयुक्त सरकारको घोषणा गरेको साझा न्यूनतम कार्यक्रममा समेत प्रधानमन्त्रीको खास चासो छैन । उनी विवादास्पद एमसीसीको विषयमा अलिक चासो राख्छन, तर त्यसमा पनि उनले न अहिलेसम्म गठवन्धनभित्रै समझदारी जुटाउन सकेका छन्, न त्यस विषयमा सरकारको धारणा अव यो हुनछ भन्ने देखाउन सकेका छन् ।
मत्र सत्ता गठवन्धन दलले उपलब्धीमुलक काम नगरेको भएपनि विगार्ने काम पनि नगरेको भन्दै देउवाको थोरवहुत चर्चा मात्रै हुने गरेको छ । गठबन्धनमध्येकै एक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ठोस र ठूलो देखिने काम केही नभए पनि बिगार्ने काम नगर्नु सरकारको उपलब्धि भएको बताए ।















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया