देउवा सरकारको ६ महिना
सरकार सञ्चालनमा किन सुस्त छन् प्रधानमन्त्री देउवा ?

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६ महिना देशका लागि खेर गएको वताएका थिए । २०७४ को निर्वाचनमा बामगठबन्धनवाट सरकारको नेतृत्व गरेपछि ६ महिना अगाडी मात्रै सत्तावाट वाहिरिनु परेका एमाले अध्यक्ष ओलीले देउवा सरकार प्रति किन यति तिखो टिप्पणी गरे भन्ने मानिसलाइ लागेकै थियो ।
सत्ता टिकाउनका लागि सम्वैधानिक असम्वैधानिक जे पनि गर्ने र सत्ता टिकाउने रणनीति बनाएका ओलीलाइृ एक्काशी सर्वाेच्च अदालतको परमादेशले सत्तावाट हटनु परेको थियो । त्यसैको पीडा ओलीले ब्यक्त गरेको अनुमान आम मान्छेहरुले लगाएका थिए र छन अझै पनि ।
तर ओलीले आरोप लगाए विपरित के कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको रथ ‘गुटुङटुङ’ हाँकेका छन् त ?
राजनीतिलाई मिहिन रुपमा नियालेका जानकारहरु भन्छन्,–‘देउवा झन काम गर्ने सक्ने प्रधानमन्त्री नै होइनन, उनले ६ महिनाको वीचमा ३ महिना सरकार विस्तारमै लगाए, वाँकी ३ महिना पार्टीमा फेरि आफै सभापति दोहोरिन समय खर्चे ।’
समयमै मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोदेखि सरकारका कामकारबाही गतिशील बनाउन नसकेकोसम्मका आरोप यो वीचमा प्रधानमन्त्री देउवाले खेपेका छन् । हुन पनि देउवाले यो ६ महिनाको वीचमा देखाउन र सम्झन लायक कुनै एउटा गतिलो काम गर्न सकेका छैनन ।
३ महिना कुनै पनि सरकारको हनिमुन पीरियड हुने भएकोले आलोचना सकभर नगर्ने भनी टिकाटिप्पणी गर्ने गरेको पाइदैन । त्यसपछि भने सरकारको कामको वारेमा टिप्पणी शुरु हुन्छ । अहिले देउवा सरकारको ६ महिनाको पनि टिप्पणी शुरु हुन थालेको छ ।
द्येउवा २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । यो वीचमा केन्द्र देखि प्रदेश तहका सरकारवाट समेत हात धुनु परेको एमालेले संसदमा निरन्तर अवरोध जारी राखेको छ । न्यायलयका प्रधानन्यायाधीसमाथी सर्वाेच्चकै न्यायाधीस देखि कानुनब्यवसायीको छाता संगठन बार एसोसिएसन सम्मले ‘भष्टचारी’ को आरोप लगाउँदै न्यायलयमा आन्दोलन चर्काएको छ ।

अन्तराष्टिय सम्वन्धका रुपमा दुई छिमेकी मुलुकसँगको सम्वन्ध कामचलाउको रुपमा मात्र देखा परेको छ । कतिपय राष्ट्रिय मुद्धामा राजनीतिक दलहरुका वीचमा सहमति जुटाउनुपर्ने दायित्व पनि प्रधानमन्त्रीको काँधमा छ । तर प्रधानमन्त्रीले न सार्थक् रुपमा विपक्षी दलका नेतासँगको सम्वाद गरेर संसदको जारी गतिरोध फुकाउन सकेका छन् । न भारतले लामो समयदेखि कब्जा गरिरहेको नेपाली भूमि लिम्पियाधुरासम्मको भूभाग फिर्ताका विषयमा भारतसँग कुनै कुटनीतिक पहल लिन सकेका छन् । वरु झन कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्रीले मनसरोवरसम्म जानका लागि वाटो निर्माणको काम गरिरहेको भनी गरेको विवादास्पद टिप्पणीकै विषयमा कुटनीतिक नोट पठाएर असहमति जनाउन सकेको छ ।
यो वीचमा प्रधानमन्त्री आफु जस्तै सुस्त शैलीमो सरकारको वागडोर सम्हालेको आरोप देउवाले खेपिरहेका छन् । सत्ता गठवनधन दल माओवादी र एकीकृत समाजवादीले वाध्यतामा प्रधानमन्त्रीमा देउवालाई बोक्न परेपनि उनको काम गर्ने शैलीसाग गठवन्धन दलकै नेताहरु पनि सन्तुष्ट हुन सकेका छैनन ।
माओवादी केन्द्रका एक नेताले मेरोन्यूजसँग भने,–‘रक्षाकवज गरेरै प्रधानमन्त्रीलाई बोक्यौं, उनको काम गराईको तौरतरिका सुस्त छ, प्रथामिकता के हो भन्ने नै छैन । नबोकौं, वाध्यता छ । नबोकी नहुने अवस्था छ ।’
‘पटक–पटक अवसर पाउँदा सम्म अनुभवहिन प्रधानमन्त्री जस्तो उनको कुनै रोडम्याप नै देखिएको छैन । दैनान्दिनका काम वाहेक प्रधानमन्त्री देउवाले ६ महिनाको वीचमा यो काम गर्व गर्न लायक ढंगले गरे भनेर कांग्रेसीजनले नै ठम्याउन सकेका छैनन ।
न उनले संसद्मा एमालेले गरिरहेको अवरोध फुकाएर कानुन निर्माण प्रक्रियालाई सहज गराउन सकेका छन्, न अझै पनि उधोगमन्त्री नै नियुक्त गर्न सकेका छन् । त्यसो त उनले अझै पनि ६ महिनाको वीचमा समेत आफ्नै सचिवालय समेत पनि बनाउन सकेका छैनन ।

साउन २४ मा संयुक्त सरकारको घोषणा गरेको साझा न्यूनतम कार्यक्रममा समेत प्रधानमन्त्रीको खास चासो छैन । उनी विवादास्पद एमसीसीको विषयमा अलिक चासो राख्छन, तर त्यसमा पनि उनले न अहिलेसम्म गठवन्धनभित्रै समझदारी जुटाउन सकेका छन्, न त्यस विषयमा सरकारको धारणा अव यो हुनछ भन्ने देखाउन सकेका छन् ।
मत्र सत्ता गठवन्धन दलले उपलब्धीमुलक काम नगरेको भएपनि विगार्ने काम पनि नगरेको भन्दै देउवाको थोरवहुत चर्चा मात्रै हुने गरेको छ । गठबन्धनमध्येकै एक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ठोस र ठूलो देखिने काम केही नभए पनि बिगार्ने काम नगर्नु सरकारको उपलब्धि भएको बताए ।
प्रतिक्रिया