हिउँदे वर्षाले किसान हर्षित

काठमाडौँ । पुस सकिनै लाग्दा बुधबार महोत्तरीका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुशी दिएको हो । यसअघि दुई साता पहिले पनि पानी परेको थियो ।
पुस सकिनैलाग्दा परेको पानीले जाडो बढाए पनि बालीनाली हुर्कन राहत पुग्ने किसानको विश्वास छ । “पुस सकिनैलाग्दा परेको पानीले जाडो त निकै बढायो”, किसान कुशेश्वर यादव भन्छन्, “तर हिउँदे बालीलाई भने अहिले परेको पानीले निकै राहत दिन्छ ।” मंसिर र त्यसअघि रोपिएको उखु, दलहन र फलफूलका बोटलाई हिउँदे वर्षा राम्रो हुने उनको भनाइ छ ।
पछिल्लो वर्षाले क्रमशः हुस्सु बढ्ने र मौसम सफा हुँदै जाने किसान बताउँछन् । “अब माघ सुरु हुने हो, माघ लागेपछि घाम तात्दै जाने गर्छ”, बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय किसान युगेश्वर ठाकुर भन्छन्, “पछिल्लो वर्षाले क्षणिक जाडो बढाए पनि केही दिनभित्रै मौसममा सुधार ल्याउँला ।”
यसपालि हिउँदमा पुसभित्रै दुई साताको फरकमा पानी परेको छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । हिउँदे वर्षाले उखु, फलपूmल र तरकारी बाली र गहुँ हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको विगत अनुभव छ ।
सामान्य छिटफुटे हिउँदे वर्षा माघ, फागुन र चैतमै पनि एक÷एक पटक हुनु उखु, वैशाखी तरकारी बाली र फलपूmलका लागि राम्रो हुने किसान बताउँछन् ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया