निर्वाचन आयुक्तको ब्रिफिङ– निर्वाचन गर्न १२० दिन चाहिन्छ
बैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन गर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्बदलीय बैठकमा आगामी निर्वाचनकाबारेमा छलफल भएको छ ।
छलफलमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि तयारी गर्न आयोगलाई कम्तिमा एक सय २० दिन लाग्ने बताएका छन् ।
आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचन तथा जेठमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसअघि गरिने स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबारेमा छलफल गर्न भन्दै आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो ।
निश्चित समयसीमाभित्र निर्वाचन गर्नुको विकल्प नभएको भन्दै प्रमुख आयुक्त थपलियाले दलका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।
प्रमुख आयुक्त थपलियाले बैठकमा स्थानीय तहको विकल्प नभएको र समयमै चुनाव गराउनुपर्ने धारणा राखेको बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राजनीतिक दलहरुलाई आगामी जेठ ६ बाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरू हुने पनि प्रष्ट्याउँदै आयोगले सोही अनुसार निर्णय हुनुपर्नेमा जोड दिएको छ ।
आयोगले आगामी बैशाखमा निर्वाचन गराउन कुनै समस्या नहुने धारणा राखेको थियो ।
छलफलमा निर्वाचन आयोगले प्रस्तावित गरेको बैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न राजनीतिक दलका नेताहरुले सरकारलाई आग्रह गरेका छन ।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गते अघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरुले पदवहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जेठ १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए जेठ १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।
आयोगको सो प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनले कोरोना संकटका कारण राष्ट्रियसभाको निर्वाचनको मतदान केन्द्र र मतदान स्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया