चिकित्सा शुल्कबारे मन्त्रालयको निर्णयमा सञ्चालकको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । चिकित्सा शिक्षाको शुल्कसम्वन्धी विवाद समाधानका लागि भएको छलफलपछि शिक्षा मन्त्रालयले निर्णय सार्वजनिक गरेको छ ।
शिक्षामन्त्री देवेन्द्रराज पौडेलको उपस्थितिमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीहरुबीच गम्भीर छलफल भई निर्णय भएको भन्दै मन्त्रालयका सहसचिव हरीप्रसाद लम्सालले विज्ञप्ति सार्वजनिक गरेका छन् ।
पाँच बुँदे निर्णयको पहिलो बुँदामै राष्ट्रिय चिकित्सा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस समेतका कार्यक्रमका लागि यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क शिक्षण संस्थाहरुले नलिने उल्लेख छ ।
त्रिपक्षीय वैठकमा सहमति नजुटे पनि मन्त्रालयले विज्ञप्ति जारी गरी निर्णय सर्वाजनिक गरेको कलेज र विद्यार्थी दुवै पक्षले जनाएका छन् ।
छलफलका क्रममा भएको निर्णयमा केएमसी सञ्चालक सुनिल शर्माले नोट अफ डिसेन्ट लेखेका थिए ।
यस्तै, विद्यार्थीहरूको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवम् विद्यार्थीहरूबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यसमा सम्बन्धित विश्वविद्यालयले सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।
काठमाडौं मेडिकल कलेज र नोबेल कलेजले अतिरिक्त शुल्कका बाहनामा मनोमानी शुल्क लिएको भन्दै एक महिना भन्दा बढी समयदेखि आन्दोलन गर्दै आएका छन् ।
वार्ताबाट निस्किदै गर्दा केएमसी सञ्चालक शर्मा मन्त्रालय हाताभित्रै दुब्र्यहारमा परेका थिए । उनलाई केही समूहले कालोमोसो दलेका थिए ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति
















इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
बागमती सरकारको आठ महिनाको खर्च १७ प्रतिशत
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया