त्रियासी शीतभण्डार सञ्चालनमा
काठमाडौँ । स्याङ्जाको वालिङ १ त्रियासीमा शीतभण्डार सञ्चालनमा आएको छ । केन्द्रीय सहकारी विभागको ६० प्रतिशत र त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाको ४० प्रतिशत लागत साझेदारीमा शीतभण्डार निर्माण गरी सञ्चालनमा आएको हो ।
आर्थिक वर्ष २०७५–०७६ बाट निर्माण सुरु गरेर चालु आर्थिक वर्षमा सम्पन्न गरी गत मंगलबारबाट सञ्चालन गरिएको सहकारीका प्रबन्धक युवराज रेग्मीले बताए । कूल ५२ मेट्रिक टन क्षमताको उक्त शीत भण्डार ९८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कोभिड–१९ को महामारी र विद्युतको समस्याका कारणले गर्दा सञ्चालनमा ढिलाई भएको प्रबन्धक रेग्मीले जानकारी दिए । ‘तरकारी तथा फलफूल उत्पादनका दृष्टिले त्रियासीसहित आसपासका ठाउँहरु उर्बरायुक्त छ,’ प्रबन्धक रेग्मीले भने, ‘यहाँ मौसमी तथा बेमौसमी कृषिउपज विशेष गरी सुन्तला, आलु, अदुवा भण्डारण गरेर केही समयपछि बिक्री गर्न सकिने भएको छ ।’
शीत भण्डार सञ्चालनका लागि कर्मचारी र प्राविधिकलाई ज्ञान, सीप तथा तालिम दिइएको छ । जिल्लाकै मध्यभाग र त्यसमा पनि बढी विभिन्न कृषिउपज उत्पादन हुने क्षेत्रलाई केन्द्रीत गरी सञ्चालनमा आएको शीतभण्डारले आफूजस्ता किसानलाई सहज हुने वालिङ–५ पित्लेकका व्यवसायी कृषक हुमनाथ लामिछानेको भनाइ छ ।
‘विगतका वर्षहरुमा यहाँ उत्पादन भएको आलुको बीउ भैरहवा लगेर राख्नुपरेको थियो,’ लामिछानेले भने, ‘आफ्नै गाउँठाउँ नजिकै भण्डारण गर्ने सुविधा भएपछि खर्चिलो नहुने र सहज हुने विश्वास लिएका छौँ ।’
विगतका वर्षहरुमा आलुको बीउ भण्डारणका लागि भैरहवा लैजाँदा ढुवानी खर्चिलो हुने गरेकोमा अब खर्च कम हुने लामिछानेले बताए । यस सहकारीले स्थापनाकालदेखि नै यहाँका कृषकले उत्पादन गरेका कृषिजन्य उपजको खरिद गरी बिक्रीको व्यवस्था मिलाउँदै आएको छ ।
यहाँका कृषकले उत्पादन गरेका कृषिजन्य उपज पोखरा, बुटवल, भैरहवासहित स्थानीय बजारमा पनि खपत हुने गरेको छ ।
















Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया