शुक्रबार, पुष १८, २०८२

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता नियुक्त

मेरोन्यूज २०७८ माघ १ गते १२:५३

अर्घाखाँची । भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली कांग्रेसका नेता यादव प्रसाद घिमिरे नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी हिजोदेखि नै लागु हुने गरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् ।

पाणिनी गाउँपालिका ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्षसमेत हुन् । कांग्रेस महासमिति सदस्य घिमिरे कांग्रेसको १४ औं अधिवेशनमा कांग्रेस जिल्ला सभापतिमा उम्मेवार बनेका थिए । यद्यपि, नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी अर्घाखाँचीसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग गठनमा राजनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरु नियुक्त गरेको हो ।

प्रतिक्रिया