लिपुलेकमा भएको बाटो निर्माणको राप्रपाद्वारा विरोध

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक बनाएको भन्दै राप्रपाले आपत्ति जनाएको छ।
राप्रपाले शनिबार विज्ञप्ति जारी गर्दै लिपुलेक लिम्पियाधुरादेखि कालापानी क्षेत्र नेपाली भूमि रहेकाले त्यसको अतिक्रमण र हस्तक्षेपविरूद्ध सरकारले प्रतिवाद गर्नुपर्ने बताएको हो ।
राप्रपा महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गर्दै भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिँदा पनि सरकार र सत्तारूढ गठबन्धन मौन रहनु दुखद र रहस्यमय रहेको उल्लेख गरेका छन् ।
‘भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरोस् ।’
भारतले आफूखुशी गरेको बाटो निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न पाठकले सरकारसँग माग गरेका छन् ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
तेक्वान्दो टोली चीन प्रस्थान
प्रतिक्रिया