महिलाहरुको मात्रै छुट्टै पार्टी घोषणा

काठमाडौं । नेपालमा राजनीतिक दलहरु खुल्ने बाढी चलिरहँदा महिलाहरु मात्रै अटाउने नयाँ पार्टी घोषणा गरेका छन् ।
आफूहरु बैकल्पिक राजनीतिमा आउने भन्दै उनीहरुले बैकल्पिक महिला संगठन घोषणा गरेका हुन् । संगठनको नेतृत्व विद्या श्रेष्ठ महर्जनले गरेकी छन् । उनले काठमाडौँको रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानहरु चलाउँदै आएकी थिइन् ।
विवेकशील साझा पार्टीभित्रको द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै आफूहरुलाई बैकल्पिक संगठन दावी गरेका छन् ।
संगठनको वर्तमान केन्द्रीय समिति २५ सदस्यीय रहने शनिवार घोषणा गरिएको छ । तर १६ जनाको नाम मात्रै पहिलो पटक सार्वजनिक गरिएको छ । चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्यका साथै सल्लाहकार बनाइएको छ । अन्य सबैलाई सदस्य मात्र तोकिएको छ ।
अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समासिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रियंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनिता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा रहेका छन् । संगठनका अधिकांश महिलाहरु एनजीओवाला हुन् ।
महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुने संगठनको संयोजक महर्जनले बताइन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया