महिलाहरुको मात्रै छुट्टै पार्टी घोषणा

काठमाडौं । नेपालमा राजनीतिक दलहरु खुल्ने बाढी चलिरहँदा महिलाहरु मात्रै अटाउने नयाँ पार्टी घोषणा गरेका छन् ।
आफूहरु बैकल्पिक राजनीतिमा आउने भन्दै उनीहरुले बैकल्पिक महिला संगठन घोषणा गरेका हुन् । संगठनको नेतृत्व विद्या श्रेष्ठ महर्जनले गरेकी छन् । उनले काठमाडौँको रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानहरु चलाउँदै आएकी थिइन् ।
विवेकशील साझा पार्टीभित्रको द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै आफूहरुलाई बैकल्पिक संगठन दावी गरेका छन् ।
संगठनको वर्तमान केन्द्रीय समिति २५ सदस्यीय रहने शनिवार घोषणा गरिएको छ । तर १६ जनाको नाम मात्रै पहिलो पटक सार्वजनिक गरिएको छ । चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्यका साथै सल्लाहकार बनाइएको छ । अन्य सबैलाई सदस्य मात्र तोकिएको छ ।
अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समासिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रियंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनिता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा रहेका छन् । संगठनका अधिकांश महिलाहरु एनजीओवाला हुन् ।
महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुने संगठनको संयोजक महर्जनले बताइन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया