जापान र अमेरिकामा सुनामीको चेतावनी
मेरोन्यूज
२०७८ माघ २ गते ९:२७

काठमाडौँ । दक्षिणी प्रशान्तमा ज्वालामुखीपछि विस्फोटका कारण कुनै बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकलाई सावधानी दशाइएको छ ।
तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।
हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको अवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ ।
तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वालामुखीले पुर्याएको क्षतिको पूरा विवरण सार्वजनिक हुन बाँकी नै छ ।
सम्बन्धित












नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया