फक्सवागनको टप–क्लास मोडल ट्वारेग–आर नेपाली बजारमा

काठमाडौँ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसनल नेपाल प्रा. लि.ले कम्पनीको टप रेञ्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।
क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी ६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इञ्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ ट्वारेग–आरमा आठ स्पिड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्विल ड्राइभ रहेको छ । जसले अत्यन्तै प्रतिकूल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव दिन्छ ।
नयाँ एसयूभी ट्वारेग–आरले बजारमा आफ्नो उपस्थिति बलियो प्रमाणित गर्ने विश्वास गरिएको छ । कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३.२५ करोड राखेको छ जुन बियम्डब्लु एक्स फैब, रेण्ज रोभर स्पोर्ट्स आदिसँग प्रतिस्पर्धा गर्ने छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया