एमालेको युवा संघमा चरम विवाद
समानान्तर कमिटी बनाउने चेतावनी

काठमाडौं । फागुन ११ गते महाधिवेशन गर्ने तयारी गरेको नेकपा एमालेको भातृ संगठन युवा संघभित्र चरम असन्तुष्टि बढेको छ । पोखरामा भएको सचिवालय बैठकपछि असन्तुष्टि उत्पन्न भएको हो । सो असन्तुष्टि पछि युवा संघका नेताहरुले महेश बस्नेतले एकलौटी गरेको आरोप लगाउदै पार्टीका नेताहरुलाई ध्यानकर्षण गराएका छन् ।
उनीहरुले शनिवार साँझ, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा संगठन प्रमुख भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाईसकेका छन् । त्यसैगरी आइतबार विहान महासचिव शंकर पोखरेल निवास पुगेका युवा संघका नेताहरुले ध्यानकर्षण पत्र छाडेर आएका छन् । आइतबार नै उनीहरुले पार्टी अध्यक्षको समय लिइसकेका छन् ।
‘हामी पार्टी अध्यक्ष भेट्न जाँदैछौ’, असन्तुष्ट मध्येका एक नेताले भने । युवा संघका उपाध्यक्षहरु रोशन बस्नेत, अमित लामा, उर्मिला सुनुवार, किरण गौतम, उज्ज्वल घिमिरे, रमेश तिवारी सचिव कुमार हुँमागाई, सुमित्रा बोगटी लगायतका दुई दर्जन नेताहरुले ओलीसँग भेटघाट गर्ने समय लिएका हुन् । उनीहरुले पोखरा बैठक पनि बहिष्कार गरेर काठमाडौ आएका थिए ।
महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटव्यूरो सदस्य महेश बस्नेत हावी भएपछि विवाद उत्पन्न भएको हो । संघमा विवाद उत्पन्न भएपछि धेरै जसो नेताहरुले केन्द्रीय कमिटी बैठक नै बहिष्कार गरेर निस्केका थिए । चार दिन अघि पोखरामा केन्द्रीय कमिटीको बैठक बोलाएको युवा संघको बैठकमा महेश बस्नेतले आफ्नो खल्तीबाट नाम झिकेर पढ्न थालेपछि विवाद भएको थियो ।
युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले सबैलाई मिलाएर बैठक सञ्चालन गर्न र आयोजक कमिटी बनाउन दिएको निर्दैशनलाई समेत बस्नेतले वेवास्था गर्दै महाधिवेशन आयोजक कमिटीको संयोजकमा किरण पौडेल, सह-संयोजक सन्जिब झा , क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरी केसी लगायतन्को नाम घोषण गरेर आएपछि असन्तुष्ट रहेका युवा संघका नेताहरुले महासचिव पोखरेल लगायतका नेताहरुलाई भेटेर असन्तुष्टी व्यक्त गरेका छन् । ‘यस्तै हो भने युवा संघमा विद्रोह हुन्छ समानान्तर कमिटी बन्न सक्छ’, असन्तुष्ट रहेका एक नेताले भने ।
उनीहरुले शनिवार साँझ संगठन विभाग प्रमुख खगराज अधिकारीलाई भेटेर बस्नेतको एकाधिकारबाद बारे जानकारी गराएका छन् । साथै उनीहरुले महेश बस्नेतकै कारण संगठन वैचारिकरुपमा धरापमा परेको समेत बताएका थिए । युवा संघभित्र महेश बस्नेतले आफू हावी भई किरण पौडेललाई चलाउन थालेपछि रमेश पौडेलहरुको टोली बाहिरिएको थियो ।
पौडेललाई अहिले खेलकुद महासंघ जिम्मा लगाइएको छ । पौडेलले बस्नेतको विरोध गर्दा उनलाई हटाउन खोजिएको तर पार्टी अध्यक्ष ओलीले नै पौडेललाई युवा संघको अध्यक्षको जिम्मेवारी दिएपछि बस्नेत केही समय बाहिरिएका थिए । किरण पौडेल भने महेश बस्नेत उद्योग मन्त्री हुँदा पिए राखेका थिए । ‘किरण पौडेलले केही गर्न सक्दैनन उनी पहिला पनि उद्योग मन्त्रीको पिए थिए अहिले पनि पिए जस्तै छन्, त्यहाभन्दा माथि उठ्न सकेनन्’, असन्तुष्ट मध्येका एक नेताले भने ।

‘हामीले पुस ३० गते विहान भइरहेका गतिविधि र कोठे वैठकले संगठन घोषित निर्णयमा पुग्ने कुनै संकेत देखेनौ तथापि संघका ईन्चार्ज र अध्यक्षलाई उक्त विषयवस्तु र विद्यमान सचिवालय कमिटीलाई नै स्वत आयोजक कमिटीमा रुपान्तरण गर्नुपर्ने, त्यसमा एकता प्रक्रियाबाट आएका कमरेडहरुलाई थप्नुपर्ने विषयवस्तु हामीले प्रष्ट रुपमा राख्यौँ, उक्त विषयमा कमरेड ईन्चार्ज र अध्यक्षले कुनै चासो देखाउनु भएन’, सो ध्यानकर्षण पत्रमा उल्लेख छ ।
साथै, उनीहरुले घोषित २ दिनलाई तोकिएको उक्त वैठक तेस्रो दिन सञ्चालन नहुने संकेत देखिए पछि, विधि प्रक्रिया र निणर्य विपरित जिम्मेवार व्यक्तिहरुको खल्तिबाट पूर्वाग्रही सोचका साथ नामवली घोषणा हुने संकेत देखिए पछि आफूले बैठक बहिष्कार गरेको उल्लेख गरेका छन् । वैठकमा उपस्थित संघका सम्पूर्ण सचिवालय सदस्य कमरेडहरु छिन्नभिन्न भएर आफनो गन्तव्य तर्फ लागिसकेपछि ३० गते साँझ इन्चार्ज महेश वस्नेतको फेसर्बुक लाइभबाट आयोजक कमिटी घोषणा गर्दै गरेको एउटा अपूर्ण भिडियो हामीले देखाइएको उनीहरुको आरोप छ ।
‘त्यसमा इन्चार्जले हप्ता–दश दिन अगाडी अमुक व्यक्तिहरुले तयार पारेको आयोजक कमिटीको नामवली, व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुखहरु, प्रदेश इन्चार्ज-संयोजक-सह संयोजक र जिल्ला इन्चार्ज-अध्यक्षहरु तोक्दै मिनी महाधिवेशनको झल्को दिने गरी, आगामी फाल्गुन ११ गते हुने ऐतिहासिक ९ औँ महाधिवेशन अगावै उक्त महाधिवेशनलाई एकतर्फी प्रभावित पार्न खोजेको कुरा स्पष्ट देखियो । लामो समय संघमा योगदान दिदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरुलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म-भावना विपरित सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएमो विषय जानकारी गराउन चाहान्छौँ’, ओलीलाई बुझाउन तयार पारिएको ध्यानकर्षण पत्रमा उल्लेख छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया