चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप
काठमाडौँ । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । चीनका स्वस्थ्य अधिकारीले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
शुक्रबारसम्मको तथ्यांकमा यहाँका एक अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये एक अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।
शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोनाविरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताए । सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई खोप लिन आग्रह गरेका छन् ।
सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका छन् ।
चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका संक्रमित देखिन थालेका छन् । ती संक्रमितको पहिचान गरेर चीनका अधिकारीले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् ।
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया