पशुपति धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने-टेण्डरमा साँठगाँठ देखिदैछ, कसैलाई छोडिन्न
काठमाडौं । विगतमा बतास समुहसाग सरकारले गरेका सम्झौता र वतासले त्यसपछि गरेका कामकावाहीको विषयमा अग्रसर भएर अनुगमन र निरीक्षणमा जुटेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आइतबार भारत सरकारद्वारा निर्मित पशुपति धर्मशालाको अवस्था बुझ्न तिलगंगा पुगेका थिए ।
पशुपति क्षेत्रभित्र बतास समूहले भाडामा लिएर सञ्चालन गरिरहेको उक्त धर्मशाला प्रकरणका विषयमा मन्त्री आलेले यस अगाडी नै छानविन समिति गठन गरेका थिए । सात दिन म्याद दिएर बनाएको छानविन समितिको म्याद भोलि सकिदैछ । समितिले भोली सोमबार आफ्नो प्रतिवेदन वुझाउने तयारी गरिरहेका बेला मन्त्री आले आइतबार विहान धर्मशालाको निरीक्षणका लागि आफै तिलंगगा पुगेका हुन् ।
मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पुगेका उनले त्यहाँ भित्र निर्मित पूर्वाधार र कोठाहरूको निरीक्षण मात्रै गरेनन, वतास समुहले त्यहाँ धर्मशालामा प्रतिकोठा पाहुनाले कति शुल्क तिर्नुपर्ने, शुल्क तिरेवापतका सेवा सुविधा कति हुने देखि सवै विष्यामा आफैले जानकारी लिएका थिए ।
निरीक्षण भ्रमणपछि मन्त्री आलेले सञ्चारकर्मीहरुसाग भने, हामी आज यहाँ धर्मशाला अवलोकनमा आएका छौँ। यसलाई भाडामा दिएको छानबिनका लागि बनाइएको समितिको म्याद भोलि सात दिन पूरा हुन्छ । उक्त प्रतिवेदनमा यहाँ भएका सबै कुरा हरु छर्लंग हुने गरी ल्याउनेछौँ।
छानबिन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी त्यही अवसरमा दिएका थिए ।
मन्त्री आलेले भने धर्मशाला निरीक्षण पछि आफु ‘सक्ड’ नै भएको प्रतिक्रिया दिएका थिए ।
ुभारतले बनाइदिएको धर्मशाला त फाइभ स्टार होटल होइन, सेभेनस्टार होटलकै रुपमा रहेछ म त ‘सक्ड’ नै भए, मन्त्री आलेले भने हामी धर्मशाला बेच्नेलाई कारबाही गर्छौँ। कसरी टेण्डर गरिएको छ, साँठगाँठ भएको छ। घम जस्तै छर्लङ्ग हुने गरी ल्याउँछौँ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओली दुवैले संयुक्त उद्घाटन गरेको यो धर्मशाला निर्माणमा भारतले २५ करोड भारु लगानी गरेको थियो।
ुयो त धार्मिक पर्यटकीयस्थल पनि हो। सस्तो सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्ने भनेर बनाएको हो आलेले भने, तर यहाँ त ५५ सयको पनि कोठा देखे। एउटा कोठामा दुई बेड राख्दा त प्रतिदिन भाडा नै ११ हजार लिँदा रहेछन्।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया