प्रदेश प्रमुखसँग वेपत्ता छानविन आयोग अध्यक्षको भेट

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन् । भेटमा अध्यक्ष सुवेदीले प्रदेश नं. १ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्र सम्बन्धि जानकारी गराएका थिए ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी बलपूर्वक बेपत्ता परिएका व्यक्तिहरुको सम्बन्धमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य पत्ता लगाएर पीडितलाई परिपूरणको व्यवस्था र कानुनी कारबाहीको लागि सिफारिस गर्न आयोगको गठन भएको हो ।
आयोगले ७०० घर परिवारको २८ सय जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिएका थिए ।
प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकोले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखेको उनको नीजि सचिवालयले जनाएको छ । त्यसैगरी परिचयपत्र पाएकालाई राज्यले सुविधा दिलाउन सरकारलाई आग्रह गर्ने प्रतिवद्धता पनि उनले जनाएका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया