ब्यवसायीको मागः जनकपुर राजधानी, मधेस प्रदेश

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग–अलग ज्ञापन पत्र बुझाएका हो ।
त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो र माओवादी केन्द्रका संसदीय दलका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई पनि ज्ञापनपत्र बुझाएको छ ।
प्रदेशसभाको गठन भएको झण्डै ४ वर्ष भइसक्दा पनि प्रदेशको नाम र राजधानीमा दलहरूबीच नहुनु दुःखद र खेदजनक विषय रहेको भन्दै संघले तत्काल दुवै विषयको टुंगो लगाउन दलहरूसँग आग्रह गरेको छ ।
प्रदेश २ का राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै सोमबार हुन लागेको मतदानबाट अस्थायी रहेको जनकपुरधामलाई स्थायी राजधानी बनाई बिलम्ब नगर्न आग्रह गरेका छन् । विभिन्न आन्दोलन र त्याग बाट प्राप्त भएको संघीयतामा प्रदेश २ का सर्वसाधारण जनताले मधेस प्रदेशसहित समुन्नत नेपालको सपना देखेको संघको भनाई छ ।
मधेस आन्दोलन, मधेसी सहिद र जनताको सपना मधेस प्रदेशलाई दर्साइएकाले समेत यी तर्कले संघले प्रदेश २ को नाम पनि मधेश नै राख्नु पर्ने माग गरेको देखिन्छ ।
टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया