प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान

काठमाडौँ । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततः मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ ।
सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दै छ । राजधानी तथा नामाकरणसम्बन्धिका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुने छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रि समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनु पर्ने उल्लेख छ ।
प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।
त्यसैरी, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।
प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् ।
छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् । यसरी दलहरुले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।
प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया