मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु हुँदा राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ माघ ३ गते १०:०८
कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीय मनसरा जैसीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको आइतबार राति नै उपचारको क्रममा मृत्यु भएको हो । महिलाको मृत्युपछि आफन्तले कोहलपुरबाट शव ल्याएर सडकमा राखी आन्दोलन थालेका छन् ।
मृतकका परिवारका सदस्य तथा आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत लम्कीमा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
सम्बन्धित















कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया