पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ३ गते १२:०७

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ । केही दिनयता अनुगमनमा हिँडिरहेका उनलाई कोरोना संक्रमण भएको हो ।
उनी आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए । उनीसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।
अनुगमनमा जाँदा सम्बन्धित कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गरेका मन्त्री आले र उनको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन् ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया