नगर प्रमुखलाई कोरोना देखिएपछि नगरपालिकाको सेवा बन्द

अर्घाखाँची । नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।
कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ देखि ७ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
प्रमुख प्रकाशकीय अधिकृत अर्यालले सोमबार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म सेवा बन्द गर्ने निर्णय गरेको बताए ।
कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।
“कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ, “पराजुलीले भने, “नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ । शायद बाहिर परीक्षण गर्नुभएको होला ।’’










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया