जनकपुरमा पनि कोरोना फैलियो, अदालतका २५ कर्मचारी संक्रमित
मेरोन्यूज
२०७८ माघ ३ गते १९:५४

जनकपुर । केही दिनयता तीब्र रुपमा फैलिएको कोरोना संक्रमण जनकपुरमा पनि तीब्र बनेको छ ।
उच्च अदालतसहित विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई कोरोना देखिएपछि सेवाहरु प्रभावित हुन थालेका छन् ।
जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई एकै दिन कोरोना संक्रमण देखिएको छ ।
न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।
ठूलो संख्यामा संक्रमण देखिएकाले केही सेवाबाहेक धेरैजसो सेवा कटौती गरेको पनि उनले बताए । न्यायाधीससहित कर्मचारीहरुलाई कोरोना देखिएपछि अदालतका विभिन्न सेवाहरु कटौती गरिएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया