सुर्खेतमा डिजिटल राहदानी सेवा सुरु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे ।
उनले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरेका थिए । उक्त कार्यक्रममा प्रजिअ रिजालले भने, “सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ । यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ ।”
उनका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको जनाए । राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क पाँच हजार रुपैयाँ तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया