लेवान्डोस्की दोस्रोपटक फिफा पुरुष वर्ष खेलाडी

काठमाडौँ । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लगातार दोस्रोपटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।
सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा ४७ खेलमा ५८ गोल गरेका थिए । उनले जर्मन बुन्डेस लिगको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमानसमेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो । लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको कीर्तिमान तोडेका हुन् ।
यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।
‘धेरै धेरै धन्यवाद, म यो अवार्ड जित्दा ज्यादै हर्षित छु, म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समपर्ण गर्न चाहन्छु, मैले कहिले मुलरको कीर्तिमान तोड्छु होला भनेर कल्पनासमेत गरेको थिइनँ,’ उनले भने, ‘केही वर्ष अघिसम्म मलाई यो असम्भव लाग्थ्यो, अहिले मुलर हामीमाझ छैनन्, मैले उनको कीर्तिमान तोडेँ, उनलाई धन्यवाद भन्न चाहन्छु, उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरेँ ।’













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया