अस्पतालदेखि प्रशासनसम्म कोरोना संक्रमण

काठमाडौँ । नुवाकोटमा कोरोना संक्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
सोही समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि हुने दर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ ।
नुवाकोटको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर सेवा पुर्याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित भएका छन् ।
‘अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ”, अस्पतालका मेसु पाण्डेले भने ‘जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफैँ संक्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।’
अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिएको हो ।
मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहुँदा संक्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन अनुरोध गरिएको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया