शुक्रवार देखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए ।
समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए ।
“कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दो छ”, अध्यक्ष जोशीले भने, “मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण झनै फैलनसक्ने जोखिमपछि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।”
उनले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको जानकारी दिए । बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने अध्यक्ष जोशीले बताए । “शुक्रबारदेखि मन्दिर आउने जोकोहीले मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगीमार्फत मात्र पूजाआजा गर्न पाउँछन्” उनले भने, “मन्दिरभित्र पसेर भने पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ ।”
मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन मन्दिरमा दर्शनका लागि पुग्ने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया