आइतबार, पुष २७, २०८२

सुदूरपश्चिममा कोरोना संक्रमणवाट ४ दिनमा ३ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ५ गते ९:१९

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणवाट चार दिनमा तीन जनाको मृत्यु भएको छ । माघ महिनाको पहिलो चार दिनमा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीका दुई जना र बाजुराका एक जना रहेका छन् । शनिबार कैलालीको कैलारी गाउँपालिका ५ की एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै आइतबार खप्तड छेडेदह गाउँपालिका–२ बाजुराका ५२ वषीर्य एक पुरुषको होम आइसोलेसनमा रहेका बेला र मंगलबार राति धनगढीको सेती प्रादेशिक अस्पताल उपचाररत गोदावरी–४ घर भएका ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्रतिक्रिया