काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न

काठमाडौं । लेजरपोर्ट नेपालद्वारा आयोजित काठमाडौं पिंक केयराथन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सम्पन्न भएको छ। महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार कार्यक्रम बिहान ६ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो।
हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) प्रथम, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) द्वितीय र सरस्वती भट्टराई (नेपाल आर्मी) तृतीय भएका छन्। त्यस्तै १० किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) प्रथम, आशा राउत (सशस्त्र प्रहरी) द्वितीय र सुमित्रा चौधरी (नेपाल प्रहरी) तृतीय भएका छन्।
हाफ म्याराथनका विजेताहरुलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। १० किलोमिटर दौडका विजेतालाई क्रमशः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। ५ र ३ किलोमिटर फन रनतर्फ उत्कृष्ट १०/१० जनालाई आकर्षक उपहार प्रदान गरिएको थियो।
कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए। अध्यक्ष नमराज जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया