प्रधानमन्त्रीलाई निर्वाचनबाट नडराउन एमाले नेताको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन मिति तोक्न आग्रह गरेका छन् ।
उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन ? भनेर बहस र छलफल हुनु नै दुःखद् भएको भन्दैैं तत्काल मिति तोक्न आग्रह गरेका हुन् । पोख्रेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई आग्रह समेत गरे ।
राजधानीमा आयोजित एक कार्यक्रममा पोख्रेलले भने, “ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुहुन्छ ?”
उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे । उनले भने,“शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।”
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्नपनि उनले आग्रह गरेका छन् ।
उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितमिा कांग्रेसले निर्वाचन सम्पन्न गरेको ईतिहास छ । मुलुकमा निर्वाचन हुँदैन् कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भएपनि निर्वाचन गराएको ईतिहास छ । मुलकुमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निश्पक्ष निर्वाचन भएको छ ।”
स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए ।
उनले अहिले प्रधानमन्त्री देउवाले निर्वाचन ऐन पल्टाउन थालेको उल्लेख गरे । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरेको स्मरण गराए । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने कि विगतमा जस्तो तीन चरणमा गर्ने भन्नेपनि रहेको बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया