कोरोनाका कारण ‘ग्रामी अवार्ड’ स्थगित

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ ।
आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको हो । यो अवार्ड यसअघि ३१ जनवरीमा गर्ने तयारी थियो ।
आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन् ।
यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ । जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन् । यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन् । अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो ।
ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो । यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ ।
कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो । यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो । यो अवार्ड जनवरीको सट्टा मार्चमा आयोजना गरिएको थियो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया