आफ्ना कारण क्षति भएपछि खेसरीलालले माफी मागे

काठमाडौं । सुनसरीको बर्जू गाउँपालिका ६ स्थित चिमडीमा महोत्सव चलिरहेको थियो ।
मंगलबार महोत्सवको अन्तिम दिन आयोजकले बिहारी गायक खेसरीलाल यादवलाई आमन्त्रण गरेको थियो ।
बिहारी गीत संगितले चर्चित बनेकाका खेसरीलाल बिहारको छिमेकी भएकी भएकै कारण पनि सुनसरी क्षेत्रमा चर्चित छन् ।
मधेसी समुदायका चर्चित खेसरीलालका गीत संगितहरु बिहेबारीमा पनि निकै सुनिन्छ । बिहारमै जन्मिएका खेसरीलालले भोजपुरी सिनेमाहरुमा पनि अभिनय गरेका छन् । तिनै खेसरीलाल नआएकै झोंकमा मंगलबार चिमडी महोत्सवमा करोडौं क्षति हुने गरी दर्शकहरुले आगजनी र तोडफोड गरे ।
खेसरीलाल आउने भनेर नै बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाएपछि मञ्च मात्रै भत्काएनन्, महोत्सव परिसरमा रहेका चार वटा स्कार्पिओसमेत आगो लगाइदिए ।
आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भए । तोडफोड र आगजनी भएको धेरैबेरसम्म पनि सुरक्षा निकाय घटनास्थलमै पुग्न नसक्दा ठूलो क्षति भयो ।
ढिला गरी घटनास्थल आएको प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो । त्यतिन्जेल आगजनीबाट ठूलो क्षति भइसकेको थियो ।
पुस २४ गतेदेखि शुरु भएको महोत्सव नसकिँदै सरकारले मेला महोत्सव रोक्न निर्देशन दिए पनि आयोजककै कमजोरीकै कारण ठूलो क्षति भएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राख्यो । खेसरीलाल बिराटनगर पुगिसकेका थिए । तर प्रशासनले महोत्सव रोक्न भनेकै कारण उनी महोत्सवमा नजाने निश्कर्षमा पुगे ।
आफू कार्यक्रममा पुग्न नसकेकै कारण महोत्सवमा ठूलो क्षति भएपछि खेसरीलालले फेसबुक लाइभ गरेर माफी मागेका छन् ।
प्रशासनले रोक लगाएकोबारेमा आफूलाई कुनै जानकारी नदिइ कार्यक्रममा बोलाइएको उनले बताएका छन् । कार्यक्रम निस्किन लाग्दा होटलमै प्रहरी प्रशासनले कार्यक्रम गर्न नपाउने बताएको उनले स्पष्ट गरेका छन् ।
बरु आफू कार्यक्रममा नजाँदा डेढ करोडको नोक्सान भएको खेसरीलालले स्पष्ट पारेका छन् । स्थानीय जनता र प्रशासनको दोष नभई आयोजकको कमजोरीले घटना घटेको उनले बताएका छन् ।
भोजपुरी अभिनेता तथा गायक खेशारीलाल यादव सन् १९८६ मा रसूलपुर चट्टी, छपरा, बिहारमा जन्मेका हुन् ।
आफ्नो गीतमा ठेट भोजपुरी भाषा समेट्ने खेसरीलालले सैयौं भोजपुरी एल्बमहरु निकालेका छन् भने तीन दर्जन बढी भोजपुरी सिनेमामा अभिनय गरेका छन् ।
‘साजन चले ससुराल’बाट सिने क्षेत्रमा प्रवेश गरेका उनी उत्तर प्रदेश, बिहार र झारखण्डमा निकै नै प्रशिद्ध बनेका छन् ।
यो पनि पढ्नुस्
दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया