आफ्ना कारण क्षति भएपछि खेसरीलालले माफी मागे

काठमाडौं । सुनसरीको बर्जू गाउँपालिका ६ स्थित चिमडीमा महोत्सव चलिरहेको थियो ।
मंगलबार महोत्सवको अन्तिम दिन आयोजकले बिहारी गायक खेसरीलाल यादवलाई आमन्त्रण गरेको थियो ।
बिहारी गीत संगितले चर्चित बनेकाका खेसरीलाल बिहारको छिमेकी भएकी भएकै कारण पनि सुनसरी क्षेत्रमा चर्चित छन् ।
मधेसी समुदायका चर्चित खेसरीलालका गीत संगितहरु बिहेबारीमा पनि निकै सुनिन्छ । बिहारमै जन्मिएका खेसरीलालले भोजपुरी सिनेमाहरुमा पनि अभिनय गरेका छन् । तिनै खेसरीलाल नआएकै झोंकमा मंगलबार चिमडी महोत्सवमा करोडौं क्षति हुने गरी दर्शकहरुले आगजनी र तोडफोड गरे ।
खेसरीलाल आउने भनेर नै बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाएपछि मञ्च मात्रै भत्काएनन्, महोत्सव परिसरमा रहेका चार वटा स्कार्पिओसमेत आगो लगाइदिए ।
आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भए । तोडफोड र आगजनी भएको धेरैबेरसम्म पनि सुरक्षा निकाय घटनास्थलमै पुग्न नसक्दा ठूलो क्षति भयो ।
ढिला गरी घटनास्थल आएको प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो । त्यतिन्जेल आगजनीबाट ठूलो क्षति भइसकेको थियो ।
पुस २४ गतेदेखि शुरु भएको महोत्सव नसकिँदै सरकारले मेला महोत्सव रोक्न निर्देशन दिए पनि आयोजककै कमजोरीकै कारण ठूलो क्षति भएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राख्यो । खेसरीलाल बिराटनगर पुगिसकेका थिए । तर प्रशासनले महोत्सव रोक्न भनेकै कारण उनी महोत्सवमा नजाने निश्कर्षमा पुगे ।
आफू कार्यक्रममा पुग्न नसकेकै कारण महोत्सवमा ठूलो क्षति भएपछि खेसरीलालले फेसबुक लाइभ गरेर माफी मागेका छन् ।
प्रशासनले रोक लगाएकोबारेमा आफूलाई कुनै जानकारी नदिइ कार्यक्रममा बोलाइएको उनले बताएका छन् । कार्यक्रम निस्किन लाग्दा होटलमै प्रहरी प्रशासनले कार्यक्रम गर्न नपाउने बताएको उनले स्पष्ट गरेका छन् ।
बरु आफू कार्यक्रममा नजाँदा डेढ करोडको नोक्सान भएको खेसरीलालले स्पष्ट पारेका छन् । स्थानीय जनता र प्रशासनको दोष नभई आयोजकको कमजोरीले घटना घटेको उनले बताएका छन् ।
भोजपुरी अभिनेता तथा गायक खेशारीलाल यादव सन् १९८६ मा रसूलपुर चट्टी, छपरा, बिहारमा जन्मेका हुन् ।
आफ्नो गीतमा ठेट भोजपुरी भाषा समेट्ने खेसरीलालले सैयौं भोजपुरी एल्बमहरु निकालेका छन् भने तीन दर्जन बढी भोजपुरी सिनेमामा अभिनय गरेका छन् ।
‘साजन चले ससुराल’बाट सिने क्षेत्रमा प्रवेश गरेका उनी उत्तर प्रदेश, बिहार र झारखण्डमा निकै नै प्रशिद्ध बनेका छन् ।
यो पनि पढ्नुस्
दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार









कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फर्काइसक्याैँ : गृहमन्त्री अर्याल
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया