दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुनसरी । सुनसरीको बर्जू गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।
मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।
उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।
घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको उनले बताए ।
बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया