बिहीबार, पुष १०, २०८२

आजको मौसम कहाँ कस्तो ?

मेरोन्यूज २०७८ माघ ६ गते ६:४९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्यत बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने भएकाले आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया