बुधबार, वैशाख १६, २०८३

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक स्थगित

मेरोन्यूज २०७८ माघ ६ गते १३:१३

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने तय थियो ।

Advertisement
NiccNicc

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया