खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी

सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी अघि बढाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगको छलफलमा खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्न छिट्टै विज्ञापन हुने संकेत गरेका अधिकारीहरूले बताएका छन्।
खनालले गएको सोमबार मन्त्रालयका उच्च अधिकारीहरूसँगको छलफलमा यस्तो संकेत गरेका हुन्। मन्त्री खनालले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्नको लागि प्रधानमन्त्री बालेन्द्र शाहसँगसमेत सहमति लिइसकेका छन्।
बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्न लागिएको हो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा पनि राजनीतिक कोटाबाट नियुक्ति हुने राजदूतका लागि मापदण्ड तोकेको थियो।
‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ले कुल रिक्त राजदूत पदमा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्ति गर्ने व्यवस्था गरेको छ। तर यसअघिका सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गरेको थिएन।
हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् ।
आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् । ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिन लागेको हो । त्यसपछि वर्तमान सरकारले एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउनेछ ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया