२७ वर्षपछि हत्यामा संलग्न फरार व्यक्ति पक्राउ
मेरोन्यूज
२०७८ माघ ७ गते ९:४९
काठमाडौँ । हत्यामा संलग्न रही फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । रोल्पाको परिवर्तन गाउँपालिका ६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।
कामीले विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस ७ हाल माडी गाउँपालिका ३ खारावाङका चुनबहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए ।
फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।
सम्बन्धित















लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया