मंगलबार, पुष ८, २०८२

सिटिजन लाइफको बीमा दाबी रकम हस्तान्तरण

मेरोन्यूज २०७८ माघ ७ गते १७:५१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो ।

खड्गीको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले रु.१५ लाख ५० हजारको चेक बिमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरे ।

उक्त चेक हन्तान्तरण कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पा, अन्य एजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल केसी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया