बिहीबार, पुष १०, २०८२

आज यी स्थानमा वर्षा र हिमपात हुने

मेरोन्यूज २०७८ माघ ८ गते ७:११

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रही तराईमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया