बिहीबार, पुष १०, २०८२

अवैध रकमसहित दुई पक्राउ

मेरोन्यूज २०७८ माघ ८ गते ७:१८

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको नौ लाख ९० हजारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

राजविराज नगरपालिका ५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया