सर्वदलीय बैठकअघि परामर्श गरिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएको थियो ।
तर, बैठक बसेको छैन । एक मन्त्रीका अनुसार स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएको हो ।
सत्तारुढ पाँ दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघको निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेको छ ।
तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ ।
तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएको छ । यो विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएको हो ।
प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया