बिहीबार, पुष १०, २०८२

आज यी स्थानमा वर्षा र हिमपात हुने

मेरोन्यूज २०७८ माघ ९ गते ७:१६

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघर गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

प्रतिक्रिया