२४ करोड रुपैयाँ लागतमा १५ सय परिवारलाई खानेपानी

उदयपुर । जिल्लाको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा खानेपानी पाउने आशा पलाएको छ । सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि आशा पलाएको हो ।
कटारी नगरपालिकाको दुर्गभ भेगमा रहेको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ वडाबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । ती वडामा बसोबास गर्ने वडाबासीले खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाले वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा सुनकोसीको पानी लिफ्टिङ प्रणालीमार्फत पानी तानेर गाउँमाथि रिर्जब ट्यांकी निर्माण गरी पाइपमार्फत घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको छ।
कटरी नगरपालिकाका ६ वटाका करिब एक हजार ५ सय घरधुरीले अहिलेसम्म खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले करिब २४ करोड लागतको खानेपानी योजना निर्माण गर्न लागेको हो ।
खानेपानी योजनाले एक हजार ५ सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको योजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जब ट्यांकी राखिने छ । पहिलो वडा नम्बर १४ घुर्मीको सुनकोसी नदीबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाइलो डाँडामा रिजर्ब ट्यांकीमा राखिने छ ।
दोस्रो वडा नम्बर १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा ट्यांकी राखी पानी वितरण गरिने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर मगरले जानकारी दिए ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया