सोमबार, पुष २८, २०८२

डोजरले पल्टाएको ढुंगा बोलेरोमाथि खस्दा तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ९ गते १२:१४

काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ मा डोजरले पल्टाएको ढुंगा बोलेरोमाथि खस्दा तीन जनाको मृत्यु भएको छ । डोजरले पहाड सम्याउँदा खसेको ढुंगा गुँडिरेहेको बोलेरोमाथि परेको थियो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । दुर्घटनामा परी बाँकी तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया